Logo

२०८३, आश्विन ९गते


images
images

आईपीओ

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँट

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँट

images
  • दरमखोला हाइड्रोको आईपीओ बाँडफाँट
    images
    images

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज बिहान आईपीओ बाँडफाँट गरिएको हो ।

    images
    images
    images

    कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पारेका छन् ।

    images
    images
    images

    कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली भएको छ ।

    images
    images
    images

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

    बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको थियो ।

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको थियो । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

    आइपिओ  बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल,  मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।