Logo

२०८३, आश्विन १०गते


images
images

केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

images
  • केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । 

    images
    images
    images

    बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

    images
    images
    images

    आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे । 

    images
    images
    images

    जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउदै उनले भने, `माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो ।´

    माओवादी मधेसी जन्ताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ । 

    पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले दाबी गरे ।

    मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।