Logo

२०८३, श्रावण २७गते

images
images

गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र : प्रचण्ड

  • गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र : प्रचण्ड
    images
    images

    लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सम्पूर्ण राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    गणतन्त्र दिवसको शुभकामना दिदै उनले नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । उनले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका छन् । संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य–मान्यतामाथि सम्झौता गर्न नहुने उनको भनाइ छ।

    images
    images
    images

    शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालनमा रहेको परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  जनताको अधिकार, समावेशिता र लोकतान्त्रिक मूल्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उनले बताएका छन् ।

    images
    images
    images

    “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,” भन्दै उनले समावेशी र पूर्ण समानुपातिक व्यवस्थामार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकार थप सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

    देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

    साथै, राजनीतिक मतभेद र संसदीय अंकगणित फरक हुन सक्ने भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्ने उनले उल्लेख गरेका छन् । परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आह्वान गर्दै उनले समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।