लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज लुम्बिनी आउने भएका छन् । शनिबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ७ शिवगडिया चोकमा हुने चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर मार्फत लुम्बिनी आउने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
रुपन्देही क्षेत्र नं ५ मा पार्टीका केन्द्रिय सदस्य वकिल मुसलमान उमेदवार छन् । रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये यो क्षेत्र तत्कालिन माओवादीको राम्रो प्रभाव रहेको क्षेत्र हो । वकिल मुसलमाल डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा यही क्षेत्रबाट निर्वाचित भएर मन्त्री समेत बनेका थिए । यस अघिको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले नेपाली काँग्रेसलाई सघाएको थियो । नेकपाले वकिल मुसलमानलाई जित्ने उमेदवारको सुचिमा राखेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology