Logo

२०८३, आश्विन १०गते


images
images

एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख कार्यकर्ता उतार्ने

एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख कार्यकर्ता उतार्ने

images
  • एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख कार्यकर्ता उतार्ने
    images
    images

    चितवन। नेकपा एमाले चितवनले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी थालेको छ ।

    images
    images
    images

    जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा एक लाख कार्यकर्ता सहभागी गराउन विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । 

    images
    images
    images

    जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउन जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र इच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ । 

    images
    images
    images

    यसैगरी पेशागत संघ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा एमालेका सङ्गठित सदस्य २५ हजार छन् । रावलले एक सङ्गठित सदस्यले कम्तीमा चारजना ल्याउने गरी एक लाख सहभागी हुने आकलन गरिएको जानकारी दिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।