दमौली। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन आज बिहानैदेखि नेकपाका कार्यकर्ता सडकमा खटिए छन् ।
नेपाल बन्दको विरोधमा युवाहरूले आज बिहान दमौलीमा मोटरसाइकल र्याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल र्याली निकालेका हुन् ।
‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले र्याली गरेका थिए ।
नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत ११ जना कार्यकर्ता पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology