Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल बन्द : प्रहरी र बन्दकर्ताद्वारा देवदहको खैरेनीचोकमा सरसफाइ (फोटो फिचर)

नेपाल बन्द : प्रहरी र बन्दकर्ताद्वारा देवदहको खैरेनीचोकमा सरसफाइ (फोटो फिचर)

images
  • नेपाल बन्द : प्रहरी र बन्दकर्ताद्वारा देवदहको खैरेनीचोकमा सरसफाइ (फोटो फिचर)
    images
    images

    विष्णु पोखरेल, रुपन्देही । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ६ दल र २ मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभरी पर्यो । सधैं झै सडकमा बन्दकर्ता र प्रहरीको उपस्थिती देखियो । कैयौं स्थानमा झडप कै स्थिति पनि सिर्जना भयो  । तर सोहि नेपाल बन्दको कार्यक्रम देवदहमा भने फरक तरिकाले गरिएको छ ।

    images
    images
    images


    यातायात बन्द गराउन देवदहको खैरेनी चोकमा पनि बन्दकर्ता पुगेका थिए । केहीबेर देवदह प्रहरी चौकीका इन्स्पेक्टर गंगाबहादुर  सारु र बन्दकर्ताविच सामान्य विवाद पनि भयो । तर उक्त विवाद केही मिनेट मै हल भयो । र, बन्दकर्ता र प्रहरी मिलेर खैरेनीचोक सरसफाइ गरियो ।

    images
    images
    images


    फोहोर स्वस्थ जीवनको बाधक रहेकोले खैरेनीचोक लगायत देवदहका अन्य स्थानमा पनि सरसफाइ गरिएको जनजाति अगुवा समेत रहेका बन्दकर्ता प्रेम थापाले बताए । 'अहिले एमसीसी जुन आएको छ, त्यो पनि फोहोर मानसिकताकै उपज हो । जवसम्म राजनीतिक नेतृत्व फोहोर मानसिकताबाट मुक्त हुँदैन तबसम्म यसप्रकारका राष्ट्रघाती सम्झौता हुँदै गर्छन् । त्यसैले नेताहरूलाई हामी सडक चोक सफा गर्छौ, तपाईंहरू दुषित मानसिकता बदल्नुहोस भन्ने सन्देश दिन बन्दको समर्थनमा सरसफाइ गरिएको हो' थापाले भने ।

    images
    images
    images

    उक्त सरसफाइ अभियानमा एमसीसीको विरोधमा स्वतस्फूर्त रुपमा सडकमा ओर्लीएका स्थानीय युवाहरू र बन्द आव्हान गरेका दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथै देवदह प्रहरीको चौकीका इन्चार्ज समेत रहेका इन्सपेक्टर गंगा बहादुर सारुको नेतृत्वमा ड्युटीमा खटिएका प्रहरीहरू पनि उत्साहका साथ सरसफाइमा जुटेका थिए ।

    एमसीसीको विरोधमा  नेकपाका विप्लव, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राजमो, देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा, वैज्ञानिक समाजवादी पार्टीका र नेकपा माओवादी समाजवादीले बन्द आह्वान गरेका हुन् भने त्यसबाहेक नेकपा माओवादी केन्द्रका केहि कार्यकर्ताहरू समेत बन्दमा सहभागी भएका छन् ।

    20220228_090130-min.jpg20220228_090210-min.jpg20200828093001_IMG_8527.JPG20200828092657_IMG_8519.JPG20200828092708_IMG_8520.JPG

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।