Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा विधेयक

समितिबाट आजपनि पारित भएन विद्यालय शिक्षा विधेयक

समितिबाट आजपनि पारित भएन विद्यालय शिक्षा विधेयक

images
  • समितिबाट आजपनि पारित भएन विद्यालय शिक्षा विधेयक
    images
    images

    काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकपनि विद्यालय शिक्षा विधेयकमा सहमति नगरी सकिएको छ ।

    images
    images
    images

    आइतवार शुरु भएको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले अझै सरोकारवालाहरुसँग केहि विषयमा सहमति जुटाउन बाँकी रहेकोले केहि समय आवश्यक रहेको धारणा राखेपछि समितिको बैठक कुनै निर्णय बिना सकिएको छ ।

    images
    images
    images

    बैठकमा समितिका सभापति अम्मर बहादुर थापाले सरकारले समितिलाई खेलौना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले अब बस्ने समितिको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै तयारी गरेर आउन मन्त्री पन्तलाई आग्रह गरेका थिए ।  

    images
    images
    images

    मन्त्री पन्तले अझै केहि समय मागेपछि विद्यालय शिक्षा विधेयक समितिबाट पारित हुने विषयमा अन्योलता बढेको छ । मन्त्री पन्तको प्रस्तावपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

    यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

    सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।