Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा विधेयक

शिक्षा विधेयक विद्यार्थी र अभिभावकमैत्री बन्छ : गृहमन्त्री लेखक

शिक्षा विधेयक विद्यार्थी र अभिभावकमैत्री बन्छ : गृहमन्त्री लेखक

images
  • शिक्षा विधेयक विद्यार्थी र अभिभावकमैत्री बन्छ : गृहमन्त्री लेखक
    images
    images

    काठमाडौं  । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन ।  शुक्रवार काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शिक्षा विधेयक विद्यार्थी र अभिभावकमैत्री हुने बताए ।

    images
    images
    images

    अहिले शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै उनले शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको  बताए ।  संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई आवश्यक कानून नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरुलाई जनतासम्म पु¥याउने काममा सरकार लागिरहेको उनको भनाई छ  ।  

    images
    images
    images

    संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानून निर्माण गर्ने काममा सरकार लागिरहेको उनको जिकिर छ   ।  शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै उनले विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरुलाई केन्द्रिय भागमा राखेर विधेयक पारित हुने धारणा व्यक्त गरे ।

    images
    images
    images

     ‘अहिले शिक्षा विधेयक संघीय संसदमा छ । हामीले एउटा कुरालाई अत्यन्त प्राथमिकतामा राखेका छौँ । त्यो भनेको कानूनी र नीतिगत सुधार हाम्रो प्राथमिकता हो । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई आवश्यक कानून नीति, निर्माण गरेर संविधानका ति व्यवस्थाहरुलाई जनतासम्म पु¥याउने काममा हामी लागेका छौँ । संघीय संसदमा पनि विधायनको काम ढिलो भयो । वर्षौं वर्षदेखि सदनमा प्रवेश गरेका विधेयकहरु समयमा पास हुन सकेनन् । त्यसो भएको हुनाले अब सदनमा पनि निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्याउनै पर्ने व्यवस्था गरेर कानून निर्माण गर्ने काममा हामी प्राथमिकता दिइरहेका छौं । संघीय संसदमा विचाराधिन शिक्षासम्बन्धी विधेयक चाँडो भन्दा चाँडो पास गर्ने । शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी छ । विद्यार्थी केन्द्रित, अभिभावक केन्द्रित बनाउन जरुरी छ । विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरुलाई केन्द्रिय विषयवस्तुको चारैतर्फ राखेर सबैका सन्तुलित कानून बन्छ । तपाईंहरुको लगानी खेर जान दिइँदैन ।’ उनले भने  ।

    निजी क्षेत्रले शिक्षामा गरेको लगानीले शिक्षाको गुणस्तर बढाएकोमा शंका गर्न नहुने उनले बताए । नेपालको शिक्षाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी रहेको र प्रतिष्पर्धी बनाउन निजी र आवासीय विद्यालयको योगदान महत्वपूर्ण रहेको उनको भनाई छ  ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।