कृष्ण अन्जान, पाल्पा । बरकाे रिख ढल्दा च्यापिएर पाल्पा एकजनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा न १४ अर्गलिका ५६ वर्षिय लक्ष्मण पाण्डे रहेकाे प्रहरीले बताएकाे छ ।
कालिगण्डकी करिडोर अन्तरगत अर्गली छेर्लुँग खण्डकाे बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढलेर उनलाई लागेकाे र बरकाे रुख सँगै उनी कुरुँग खाेलामा झरेका थिए ।
तानसेन नगर पालिका वडा न १२छेर्लुङमा आफन्तीकोमा घोत मिसाउन जादा चिदिगार भन्ने स्थानमा माथीबाट बरको रुख ढलेर कुरुङ खोलामा पुगेका पाण्डेलाई केही तल सम्म खोलाले बगाएर लगेको र उनकाे मृत्यु भएकाे बताईएकाे छ ।
मृतकको शबलाई पाेष्टमार्टमका लागि पाल्पा लगिएकाे प्रहरीकाे भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology