Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

‘सुशासन र रोजगारीले जनता र पार्टीलाई जोड्छ : रामकुमारी झाँक्री

‘सुशासन र रोजगारीले जनता र पार्टीलाई जोड्छ : रामकुमारी झाँक्री

images
  • ‘सुशासन र रोजगारीले जनता र पार्टीलाई जोड्छ : रामकुमारी झाँक्री
    images
    images

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ जनता र पार्टीलाई जोड्ने मुद्धा भएको बताएकी छन् । 

    images
    images
    images

    मंगलवार नेकपा (एकीकृत समाजवादी) काभ्रे, मण्डनदेउपुर नगर कमिटीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै नेता झाँक्रीले उक्त कुरा बताकी हुन् । उनले भनिन्, ‘हामीले पार्टी निर्माणका निम्ति सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुलनारा बनाएर जनताको बीचमा आइरहेका छौं । यो पार्टी र जनता जोड्ने कार्यक्रम हो । यो कुनै जुलुस नाराबाजी गर्ने आन्दोलन होइन । यो रचनात्मक र सकारात्म कार्यक्रम हो । सार्वजनिक छलफल, विचार विमर्श गर्ने कार्यक्रम हो ।’ 

    images
    images
    images

    झाँक्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पहुँचमा, सहभागितामा तुलनात्मक रुपमा परिवर्तन भएको बताउदै केही समाज विरोधि तत्वहरुले जनतालाई दिग्भ्रमित पार्ने काम गरिरहेको दाबी गरिन् । उनले विगत ५० वर्ष पहिले भोगेको समाज, विगत ३० वर्षदेखि यताको समाज र हालै १० वर्ष यताको समाजको गुणस्तर एउटै नभएको उल्लेख गरिन् । 

    images
    images
    images

    उनले अनवाश्यक रूपमा नकारात्मक भाष्य खडा गरेर समाज भाड्न नपाईने बताईन् । उनले भनिन्, ‘के सत्य हो ? के असत्य हो ? त्यसको बारेमा जनतालाई भन्नुपर्छ । अनि सबै राम्रो भएको छ त ? छैन । समाजमा कुनै न कुनै सामाजिक समस्या छन्। आम प्रश्न यो होइन, समाधान गर्न सकिने र गर्नुपर्ने कुरा के हो ? त्यो मुख्य कुरा हो ।’

    झाँक्रीले आफूबाहेक अरु सबै खराब हुने भन्ने मान्यता स्थापित गर्न खोजिएको बताइन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।