Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्छ- रामकुमारी झाँक्री

प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्छ- रामकुमारी झाँक्री

images
  • प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्छ- रामकुमारी झाँक्री
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको छ । 

    images
    images
    images

    सोमबारको बैठकमा एमाले सांसद रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

    images
    images
    images

    उनले भारतले नेपालको भूमि मिचिरहेको अवस्थामा प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहित विरुद्ध बोलेको बताएकी छन् । उनले भनिन्-  'नेपालले सीमा मिचेको छ भन्दा कसको हितमा नेपालको प्रधानमन्त्री हुनुहुन्छ ?  हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपाली स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्नुहुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ ।'

    images
    images
    images

    सांसद झाँक्रीले भारतले नेपालको सीमा मिचेको र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीलाई दुःख दिने गरेको विषय पनि उठाएकी छन् । उनले सीमा मात्रै नामिचिएको भन्दै भारतीय सशस्त्र बलले नेपालीलाई कुटपिट गर्ने, आनन्द गौतमको त हत्या गरेको उल्लेख गरिन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।