Logo

२०८३, श्रावण २७गते


images
images

किन रोइन् गृहजिल्ला गुल्मी पुगेर मन्त्री रामकुमारी झाँक्री ?

किन रोइन् गृहजिल्ला गुल्मी पुगेर मन्त्री रामकुमारी झाँक्री ?

images
  • किन रोइन् गृहजिल्ला गुल्मी पुगेर मन्त्री रामकुमारी झाँक्री ?
    images
    images

    गुल्मी । शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको बताइन् । उनले नेकपा एमालेलाई लक्षित गर्दै 'पुरानो घर'को संज्ञा दिएकी थिइन् । र 'नयाँ घर'को रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् ।

    images
    images
    images

    उनले भनिन, ‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ । सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, । लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’ received_457976819163573.jpeg

    images
    images
    images

    झाँक्रीले गुल्मीको नेकपा एमालेको पार्टी कार्यालय नजिकै नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गर्दै विगतमा धेरै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भएको बताइन् । उनले मेहनतले बनाएको त्यही घरबाट अलग भएको भन्दै कठिन यात्रा तय गरेको बताइन् ।

    images
    images
    images

    झाँक्रीले भनिन्, ‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ ।’


    भाडाको घरमा पार्टी कार्यालय स्थापना गर्दै मन्त्री झाँक्रीले जिन्दगीका अनगिन्ती राजनीतिक अफ्ठयारा सम्झेर गहभरी आँशु झार्दै भनिन्, ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ।’


    उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नटुट्ने बताइन् । झाँक्रीले एमालेको चरित्रकै कारण आवश्यकताका आधारमा गठबन्धन बनेको बताइन् ।


    जनताको समस्या समाधान गर्ने एकमात्र थलोको रुपमा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमालेले बन्धक बनाउन नहुने पनि उनको भनाइ थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।