Logo

२०८३, श्रावण २७गते


images
images

नेशनल प्याब्सनका शिक्षकहरुलाई गणित विषयमा प्रशिक्षण

नेशनल प्याब्सनका शिक्षकहरुलाई गणित विषयमा प्रशिक्षण

images
  • नेशनल प्याब्सनका शिक्षकहरुलाई गणित विषयमा प्रशिक्षण
    images
    images

    देवदह । निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफु मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षकहरुकालागि एक दिने गणित विषयक कार्यशाला गरेको छ । नेशनल प्याब्सन अन्तर्गतका विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयका शिक्षकहरुलाई एक दिने कार्यशाला गरिएको हो ।

    images
    images
    images

    कार्यशाला उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले सूचना र प्रविधिको प्रयोग तर्फ शिक्षकहरु अग्रसर हुनुपर्ने बताए ।  कृत्रिम बौद्धिकता (एआई)को दुनियामा आफुलाई अपग्रेट नगर्ने शिक्षकले विद्यार्थीलाई सहि शिक्षा दिन नसक्ने पौडेलले बताए । उनले भने, तालिममा सिकेका कुराहरुलाई प्रशिक्षार्थी शिक्षकहरुले अक्षरस पालना गर्नुहोस् । सिक्ने विषय कहिल्यै पनि सकिदैंन त्यसैले पनि तपाईहरुले आफुलाई समयानुकुल बनाएर अघि बढ्नुपर्नेछ ।

    images
    images
    images

    नेशनल प्याब्सन रुपन्देहीका कार्यबहाक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हरिलाल अर्यालले शिक्षाको विकासमा सरकारी र गैरसरकारी निकायले आ–आफ्नो स्थानबाट गुणस्तरीय र समयानुकुल शिक्षाका लागि जोड दिनु पर्ने बताए । उनले शैक्षिक जनशक्ति उत्पादनकालागि निजी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताँउदै डिजिटल युगमा अध्यापनको शैली पनि परिमार्जन हुनुपर्नेमा जोड दिए ।

    images
    images
    images
    n pabson 2.jpg

    वेदान्त पब्लिकेशनको सहकार्यमा भएको गणित विषयक अध्यापन शैली कार्यशाला गोष्ठिमा रुपन्देहीका विभिन्न विद्यालयका चार दर्जनबढी गणित विषयका शिक्षकहरुको सहभागिता रहेको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिए । 

    नेशनल प्याब्सनले यसअघि नेपाली विषयक शिक्षकहरुकालागि तालिम दिएको र आगामि दिनमा समेत नियमित रुपमा अन्य विषयगत शिक्षकहरुकालागि पनि तालिम दिदै जाने सचिव थापाले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।