काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरुले नै शिक्षकहरुलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गरे । उनले हिजो सरकारको नेतृत्वमा रहँदा शिक्षकहरुसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले शिक्षा भित्रका सारा समस्याहरु वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
‘आफ्नो राजनीतिक रोटि सेक्नको लागि शिक्षकहरुलाई उत्तेजित पार्ने, आन्दोनल नछोड्नुस्स् सडक तताउनुस्, विद्यालय नफर्किनुस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरुले जुन अभिव्यक्ति दिइरहनु भएको छ । यसले कतै शिक्षकहरुलाई गलत बाटोमा हिँड्नको लागि उत्प्रेरित त गरिरहनुभएको छैन ? उनले भने, हिजो सरकारको नेतृत्वमा आफू रहने, आफैं बसेर शिक्षकहरुसँग सहमति गर्ने, अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने, अनि शिक्षाभित्रका सारा समस्याहरु वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तैगरी जनतामा भ्रम पार्ने कामहरु भइरहेका छन् । यसरी जनतामा भ्रम पार्ने हैसियत राख्दैन ।’
शिक्षकका जायज मागहरु सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै जनतामा भ्रम पार्ने काम नगर्न समेत सांसद गिरीले आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology