Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्न : सत्तारुढ एमाले

रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्न : सत्तारुढ एमाले

images
  • रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्न : सत्तारुढ एमाले
    images
    images

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिन्छु भन्दा रोष्ट्रममा जानबाट रोक्ने कार्य कदापी स्वीकार्य नहुने बताएका हुन् । 

    images
    images
    images

    उनले गृहमन्त्री बोल्न तयार भएकाले उनले बोलिसकेपछि विपक्षीलाई चित्त नबुझेका कुरा राख्ने छुट रहेको स्पष्ट पारे । तर गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको बर्तौलाको भनाई छ । प्रमुख सचेतक बर्तौलाले जनसरोकारका विषयहरु उठिसकेपछि संसदमा जवाफ दिनु स्वाभाविक प्रक्रिया भएको बताउँदै अवरोध वा नाकाबन्दी लगाउने प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुको कार्यशैली दुःखद् भएको स्पष्ट पारे ।

    images
    images
    images

    उनले भने, ‘हिजोको संसदको बैठक विशेषगरी गृहमन्त्रीसँग केही प्रश्न गर्नेगरी प्रमुख प्रतिपक्षका कारणले रोकिएको थियो । तर, प्रमुख प्रतिपक्षीले आजको बैठक रोकौं भोलि सहज ढंगले संसद सञ्चालनको वातावरण बनाउँछौं भन्नुभयो । सोही अनुरुप हामीले हिजोको बैठक स्थगित गरेका हौं । आजको बैठकमा हामीले सरकारी बिजनेशमा, प्रस्तावित कार्यसूचीका अन्य कार्यहरुका बारेमा कसरी जाने भन्ने दोस्रो विषय हो । प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट माननीय गृहमन्त्रीज्यूले जवाफ दिन्छु । समग्र घटनाका बारेमा संसदमा बताउँछु भनिसकेपछि संसदमा गृहमन्त्री बोल्ने कुरालाई नै अवरोध सिर्जना गरेर सरकारलाई रोष्ट्रममा पुग्ने कुरालाई यसप्रकारको अवरोध वा नाकाबन्दी लगाउने जुन प्रकारको प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीको कार्यशैली दुःखद् छ ।’ उनले प्रतिपक्षी दलहरुलाई संसद अवरोध नगर्न आग्रह गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।