Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

देवदह बुद्ध पब्लिकमा बारिष्ठा र आई टि तालिम

देवदह बुद्ध पब्लिकमा बारिष्ठा र आई टि तालिम

images
  • देवदह बुद्ध पब्लिकमा बारिष्ठा र आई टि तालिम
    images
    images
    देवदह । बुद्ध पब्लिक आवासीय मा.वि देवदहले कक्षा ११ को वार्षिक परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी तालिम सञ्चालन गरेको छ । विद्यालयले कक्षा ११ मा होटल म्यानेजमेन्ट विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि बारिष्ठा तथा कम्प्यूटर साईन्स अध्ययन गर्ने विद्यार्थीहरुलाई वर्कसप अन वेभ डेभलपमेन्ट सम्बन्धि तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 
     
    तालिम उद्घाटन गर्दै प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले सैद्धान्तिक शिक्षासंगै जीवनोपयोगी र प्रयोगात्मक शिक्षामा जोड दिएको बताए । ‘एउटा लेवलको अध्ययन पुरा गरिसकेपछि विद्यार्थीमा व्यवहारिकपन देखिनुप¥यो भन्ने हाम्रो मान्यता हो ।’ उनले भने, ‘त्यसैले यसलाई सार्थक तुल्याउन समय समयमा विभिन्न तालिम, गोष्ठि र अन्तरक्रिया हरु गर्ने गरेका छौं ।’
     
    राज्यले लिएको पढ्दै कमाउँदै गर्ने नीतिलाई तालिमले सहयोग पु¥याउने कुरामा आफू विश्वास्त रहेको बताउँदै प्रिन्सिपल गैरेले सहभागि विद्यार्थीहरुलाई तालिमको भरपुर उपयोग गर्न आग्रह गरे ।
     
    कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, कक्षा ११ र १२ का संयोजक अनन्तराम भण्डारी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, कम्प्युटर साईन्सका प्रशिक्षक लोकेन्द्र जर्घा, सुरज ठडराई, बारिष्ठा प्रशिक्षक भानुभक्त पंगेनी लगायतले बोल्दै तालिमले विद्यार्थीहरुलाई उत्साह भर्ने विश्वास व्यक्त गरे ।
    buddha public training.jpg
    वेभ डेभलपमेन्ट सम्बन्धि तालिममा कम्प्यूटर साईन्स अध्ययन गर्ने विद्यार्थीहरु 
    अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा सञ्चालित तालिम जेठ २० गतेसम्म चल्ने बताईएको छ । तालिममा होटल म्यानेजमेन्ट तर्फ ७० जना र कम्प्यूटर साइन्स तर्फ ३४ जना विद्यार्थी सहभागि रहेको संयोजक मरासिनीले जानकारी दिए । विद्यालयले यहि जेठ १८, १९ र २० गते फाइनान्स अध्ययनरत विद्यार्थीहरुलाई लेखा व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गर्ने जनाएको छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।