Logo

२०८३, श्रावण २७गते


images
images

देवदह बुद्ध पब्लिकमा अभिभावक अभिमुखीकरण कार्यक्रम

देवदह बुद्ध पब्लिकमा अभिभावक अभिमुखीकरण कार्यक्रम

images
  • देवदह बुद्ध पब्लिकमा अभिभावक अभिमुखीकरण कार्यक्रम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    विद्यालय परिसरमा भएको कार्यक्रममा कक्षा ४, ५ र ६ का अभिभावकका लागि बिहान तथा कक्षा ७, ८, ९ र १० का अभिभावकका लागि दिउँसो सत्र सञ्चालन गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा 'आइएसओ'का नेपालका प्रतिनिधि रेवत रानाले अभिभावकलाई प्रशिक्षित गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा 'आइएसओ'का कन्ट्री डाइरेक्टर सुदीप शर्मा तथा लुम्बिनी प्रदेश इन्चार्ज टीकाराम शर्माको पनि उपस्थिति रहेको थियो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले स्वागत मन्तव्य दिएका थिए ।

    अतिरिक्त क्रियाकलाप प्रमुख ढुन्डिराज मरासिनीको सञ्चालनमा रहेको कार्यक्रममा कक्षा दुवै सत्रमा गरी ३१० जना अभिभावकको सहभागीता रहेको जनाइएको छ । 

    कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोसी गुरुङ, प्रा.वि. इन्चार्ज अञ्जना ओली लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।