देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको २४ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खेल सप्ताहअन्तर्गत तेस्रो दिन बिहीवार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
नर्सरीतर्फ ५० मिटर दौड र ब्यालुन ब्लास्ट, एलकेजीतर्फ ५० मिटर दौड र तातो आलु, यूकेजीतर्फ चम्चा दौड, कक्षा १ तर्फ ब्यालुन ब्लास्ट, कक्षा २ र ३ तर्फ गणित दौड, कक्षा ४ र ५ तर्फ ६० मिटर गणित दौड, कक्षा ६ र ७ तर्फ टेबलटेनिस प्रतियोगिता सम्पन्न भएका छन् ।
त्यस्तै कक्षा ८, ९ र १० तर्फ सदनगत फुटबल, क्रिकेट, कबड्डी, भलिबल, खो–खो र लङजम्पका प्रतियोगिता भएका छन् । कक्षा ११ र १२ तर्फ सटपुट, लङजम्प र भाला फाल्ने प्रतियोगिता सम्पन्न भएको विद्यालयका खेल संयोजक बलराम ज्ञवालीले जानकारी दिए ।
खेल सप्ताहका विजेता विद्यार्थीलाई विद्यालयको २४ औँ वार्षिक उत्सव समारोहमा पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology