Logo

२०८३, श्रावण २७गते


images
images

वक्तृत्वकला प्रतियोगितामा बुद्ध पब्लिककी अनुष्का भण्डारी प्रथम

वक्तृत्वकला प्रतियोगितामा बुद्ध पब्लिककी अनुष्का भण्डारी प्रथम

images
  • वक्तृत्वकला प्रतियोगितामा बुद्ध पब्लिककी अनुष्का भण्डारी प्रथम
    images
    images

    देवदह । देवदहमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा बुद्ध पब्लिक आवासीय माविकी छात्रा अनुष्का भण्डारी प्रथम भएकी छन् ।

    images
    images
    images

    शुक्रवार भएको प्रतियोगितामा सहभागी १३ विद्यालयका प्रतिष्पर्धीलाई पछि पार्दै बुद्ध पब्लिककी भण्डारी प्रथम भएकी हुन् । प्रतियोगितामा सगरमाथा आवासीय माविकी छात्रा आरध्या पौडेल द्वितीय, मदरल्याण्ड एकेडेमीकी छात्रा प्रभा कार्की तृतीय र न्यू लुम्बिनी ई.बो.स्कुलकी खुशी घर्तीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको जनाइएको छ ।

    images
    images
    images

    'प्रविधिले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तन' शिर्षकको वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई क्रमशः नगद रु ५ हजार, ४ हजार, ३ हजार र २ हजारसहित शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिएको इप्सा अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितालाई सम्बोधन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले प्रविधि आजको आवश्यकता भएको बताए । उनले प्रविधिको सही र जिम्मेवार प्रयोगले जीवनलाई सहज, प्रभावकारी र प्रतिस्पर्धी बनाउने बताउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै प्रविधिमा दक्ष बन्न प्रेरित गरे । नगर प्रमुख खरेलले प्रविधिको दुरुपयोगबाट बच्दै सिर्जनात्मक र सकारात्मक कार्यमा यसको प्रयोग गर्नुपर्नेमा समेत विद्यार्थीलाई सुझाए । 

    प्रतियोगितामा निर्णायकको रुपमा परासी क्याम्पसका लेक्चरर अशोक श्रेष्ठ तथा जनसेवा माध्यमिक विद्यालय सुनवलका शिक्षक यनराज तिमिल्सिना रहेका थिए । कार्यक्रममा इप्सा रुपन्देहीका सल्लाहकारहरु एकनारायण काफ्ले, बोधराज गौडेल लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रम ईप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, कार्यक्रम संयोजक नारायण केवटको स्वागत र कोषाध्यक्ष कृष्ण प्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।