देवदह । देवदह बुद्ध पब्लिक ईङ्गलिस बोर्डिङ हाईस्कूल देवदह-५ ले यसै शैशिक सत्रबाट विशेष क्रिकेट प्रशिक्षण कार्यक्रम संचालन गर्नेभएको छ ।
विद्यालयले केहिदिन अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी तथा प्रशिक्षक गौचनलाई खेल प्रशिक्षणको लागि आधिकारीक रुपमा अनुबन्धित गरेको जनाएको छ । प्रिन्सिपल कृष्णप्रसाद गैरेका अनुसार विद्यालयसँगको सम्झौता बामोजिम प्रशिक्षक गौतमलाई हप्ताको २ दिन समय दिनेगरि अनुबन्ध गरिएको हो ।
‘हामीले यसअघिपनि क्रिकेटप्रेमी विद्यार्थीलाई विद्यालयमै प्रशिक्षण गरिरहेका थियौं ।, तर राष्ट्रिय स्तरको खेलाडी र कोच व्यवस्थापनबाट खेलाडी विद्यार्थीको मनोबल बढ्ने ठानेर शक्ति गौचनलाई अनुबन्ध गरेका हौं ।’ प्रिन्सिपल गैरेले भने, ‘यो प्रकृयासँगै विद्यालयमा क्रिकेट सिक्न चाहने विद्यार्थीहरुलाई थप सिकाइको अवसर श्रीजना गरेको छ ।’ विद्यालयले क्रिकेट प्रशिक्षणको लागि स्तरिय पिच निर्माणको समेत थालनी गरेको छ ।
बुद्ध पब्लिकले यसअघि फुटवल, भलिवल, कराँते र एथ्लेटीक्स खेलको लागि समेत क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका खेलाडी प्रशिक्षकहरु मार्फत प्रशिक्षण दिँदै आएको छ । जसबाट विद्यालयले सहभगिता जनाएका जिल्ला तथा नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा सहित पुरस्कृत हुँदै आएको विद्यालयका खेल संयोजक बलराम ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology