Logo

२०८३, श्रावण २७गते


images
images

विपद् व्यवस्थापन

विपद् क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यक: भट्ट

विपद् क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यक: भट्ट

images
  • विपद् क्षेत्रलाई बीमाको दायरामा ल्याउन आवश्यक: भट्ट
    images
    images

    काठमाडौं । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन पाँच प्रमुख भाषामा सन्देश निर्माण गरिने बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित तातो हावाको लहर 'लू' को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा उनले जुन क्षेत्रमा कर्मचारी कार्यरत छन्, त्यहीँबाट विपद् व्यवस्थापनको सन्देश प्रवाह गर्न निर्देशन दिए ।

    images
    images
    images

    तातो हावाका कारण तराई क्षेत्रमा पशुचौपायाको मृत्युदर बढ्दै गएको भन्दै उनले पशुपालनमा पर्ने क्षतिपूर्तिका लागि पशु तथा कृषि बीमाको दायरालाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    उनले भने, "इन्सोरेन्सको कुरा यस्तो हिट वेभहरु बढ्दै जाँदा हामीले किसानलाई इन्सोरेन्सतिर ल्याउन सकेनौँ भने उनीहरुले खेती छोड्न सक्छन्। गाईवस्तु मर्न थाले भने अर्को वर्षदेखि पाल्नै छोडिन्छ । यसैले, सिङ्गो विपद्को क्षेत्रलाई बीमाको दायरामा ल्याउन सरकार र बीमा कम्पनीबीच समन्वय गर्न जरुरी छ ।"

    images
    images
    images

    तातो हावाका लहरले तराईदेखि दिपायल र तुलसीपुरजस्ता उपत्यकामा समेत असर गरिरहेको भन्दै उनले विशेष सजगता अपनाउन आग्रह गरे। सामान्य वर्षा भए पनि केही दिनमै लूको जोखिम बढ्न सक्ने भएकाले सचेत रहन उनले सुझाव दिए ।

    विपद् व्यवस्थापनका सन्देश पाँच प्रमुख भाषामा अनुवाद गरी प्रभावकारी सम्प्रेषण गर्ने योजना रहेको भन्दै उनले यसले सचेतना अभिवृद्धिमा सहयोग पुग्ने बताए। उनले भने, "पहिले नेपालीमा गएका सन्देशलाई पाँचवटा मुख्य भाषामा परिवर्तन गर्दैछौँ । जसले जहाँ काम गरिरहेको छ, त्यहीँबाट फैलाइदिनुहोस् ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद् व्यवस्थापन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।