Logo

२०८३, श्रावण २७गते


images
images

विपद् व्यवस्थापनमा सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

विपद् व्यवस्थापनमा सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका

images
  • विपद् व्यवस्थापनमा सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
    images
    images

    भैरहवा । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरु मध्येबाट उत्कृष्ट बनेको छ ।

    images
    images
    images

    नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०÷०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो । संघको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरे ।

    images
    images
    images

    संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख खाँले बताए । 

    images
    images
    images

    संघले नगरपालिकाहरुको विभिन्न सूचक हेरेर त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरबासीलाई धन्यवाद व्यक्त गरे । 

    ‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौं’, उनले भने, ‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।’ आगामी दिनमा सवै सुचकहरुमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उनले बताए ।  

    नगरपालिकाले मुलुकभरका नगरपालिकाहरुलाई पछि पार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।