Logo

२०८३, श्रावण २७गते


images
images

जनप्रिय सामुदायिक वनमा पुनरुत्पादन कटान क्षेत्रको अवलोकन

जनप्रिय सामुदायिक वनमा पुनरुत्पादन कटान क्षेत्रको अवलोकन

images
  • जनप्रिय सामुदायिक वनमा पुनरुत्पादन कटान क्षेत्रको अवलोकन
    images
    images

    देवदह । जनप्रिय सामुदायिक वन उपभोक्ता समूह देवदहले वन सम्वर्धन प्रणाली अन्तर्गत गरेको पुनरुत्पादन कटान क्षेत्रको अवलोकन गरिएको छ । वनले आर्थिक वर्ष २०८१÷०८२ मा आवधिक खण्ड १ को उपखण्ड ६ मा पुनरोत्पादन कटान तथा समूहको घाटगद्धी क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको हो ।

    images
    images
    images

    अनुगमनका क्रममा समूहका अध्यक्ष रुका सापकोटाले चालु आर्थिक बर्षमा पुनरुत्पादन कटान तर्फ ८१८६.८९ क्यूफिट र ढलापडा तर्फ २६००.५१ क्यूफिट गरि कुल १०७८७.४ क्यूफिट काठ संकलन गरिएको जानकारी दिईन् । यसैगरी पुनरोत्पादन तर्फ दाउरा ३१ चट्टा र ढलापडा तर्फ ४ चट्टा गरि कुल ३५ चट्टा दाउरा संकलन भएको सापकोटाले जानकारी दिईन् ।

    images
    images
    images

    जनप्रियले समूहको वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम गत फाल्गुन ११ गतेबाट वन पैदावर संकलन कार्य सुरु गरेको थियो । डिभिजन वन कार्यालय रुपन्देहीको सहमतिमा पुनरुत्पादन कटान तर्फ विभिन्न जातका ९९४०.७० क्यू फिट र ढलापडा तर्फ ३११६.१३ क्यूफिट काठ÷ दाउरा संकलन कार्य सुरु गरिएको सापकोटाले बताईन् ।

    images
    images
    images

    ‘करिव २ महिनाको अवधिमा समूहले पाएको कटान सहमति बमोजिमको काम सम्पन्न गरेका छौं । अध्यक्ष सापकोटाले भनिन्, हामीले पाएको सहमति भन्दा केहि कम परिमाणमा काठ दाउरा संकलन भएको छ । काठको हकमा खासै फरक नपरेपनि दाउरा भने ८ चट्टा कम संकलन भएको छ ।’ अध्यक्ष सापकोटाका अनुसार कटान मुछान कार्यमा उपभोक्ता स्वयम सहभागि हुने भएको हुँदा मसिना दाउरा उनीहरुले लैजाने भएका कारण पनि लक्ष्य अनुरुपको चट्टा दाउरा संकलन हुन नसकेको हो ।

    जनप्रिय सामुदायिक वन .jpeg

    अनुगमनको क्रममा सापकोटाले उपखण्डको २.१७ हेक्टरमा ८० वटा विभिन्न प्रजातिका रुखलाई माउ रुखको रुपमा छाडिएको जानकारी दिईन् । कटान कार्य सम्पन्न भएको केहि दिनमै सो क्षेत्रमा प्रसस्त रुपमा नयाँ विरुवाहरु देखिएकाले केहिबर्षमानै वनको हैसियत सुधार हुने अपेक्षा गरिन् ।

    सोहि अवसरमा समूहका उपाध्यक्ष तथा कटान मुछान संयोजक टेकबहादुर बि.क.ले निर्धारित समयमै काठ दाउरा संकलन कार्य सम्पन्न भएको जानकारी दिए । ‘अब केहि समयमा बर्षा हुने र बर्षातको समयमा वन क्षेत्र भित्रबाट काठ दाउरा संकलन गर्न गाह«ो हुने भएकाले पनि समयमै काम सक्नुपर्ने हामिलाई नैतिक दवाव थियो ।’ उनले भने, ‘वन प्राविधिक, समूहका पदाधिकारी तथा सदस्यहरु, उपभोक्ता तथा कामदारको समन्वय र सहकार्यमा समयमै काठदाउरा संकलन गर्न सफल भयौं ।’  

    उपाध्यक्ष बिकले कटानको क्रममा सबै कामदारलाई एक लाख रुपैंया बराबरको दुर्घटना विमा गरिएको जानकारी दिए । उनले कटान गर्दा एकजना कामदारलाई चोटपटक लागेको र विमाकै रकमबाट उपचार गरिएको बताए ।

    समूहले यस आर्थिक बर्षमा पुनरोत्पादन कटान तर्फ १६८ वटा र ढलापडा तर्फ ४४ वटा रुखबाट काठ दाउरा संकलन गरेको जनाएको छ । अनुगमनको क्रममा वन प्राविधिक, समूहका पदाधिकारी, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

    करिव ३ सय जना कामदार प्रयोग भएको कटान मुछान (वन पैदावर संकलन) कार्यमा करिव १४ लाख रुपैंया खर्चको अनुमान गरिएको समूहले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनप्रिय सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।