देवदह । जनप्रिय सामुदायिक वन उपभोक्ता समूह देवदहले यस आर्थिक बर्षमा १३ हजार ५६।८३ क्यूफिट वन पैदावर (काठ÷दाउरा) संकलन गर्ने भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा सो परिमाणको काठ दाउरा संकलनको लागि समुहलाई सहमति प्रदान गरेको हो ।
समहति वमोजिम समूहले पुनरोत्पादन कटान तर्फ विभिन्न जातका नौ हजार ९४०।७० क्यू फिट र ढलापडा तर्फ तिन हजार ११६।१३ क्यूफिट काठ÷ दाउरा संकलन गर्ने अध्यक्ष रुका सापकोटाले जानकारी दिइन् ।
सहमति बमोजिम आवधिक खण्ड नं १ को उपखण्ड ६ मा पुनरोत्पादन कटान तर्फ ५ हजार ८४९।६८ क्यूफिट साल, २ हजार ५५५।१८ क्यू फिट असना र अन्य प्रजातिका १ हजार ५२५।८४ क्यूफिट काठ कटान हुनेछ । त्यसैगरि ढलापडा तर्फ १ हजार ८००।६२ क्यू फिट साल, ८५०।६१ क्यूफिट असना, १५६।८९ क्यू फिट सिसौ र अन्य विभिन्न जातका ३०८।०१ क्यू फिट काठ संकलन हुने अध्यक्ष सापकोटाले बताइन् ।
यस आर्थिक बर्षमा जनप्रियको पुनरोत्पादन कटान तर्फ १६८ वटा रुख कटान हुने र ढलापडा तर्फ ४४ वटा रुखबाट काठ दाउरा संकलन हुनेछ । जसबाट ४३।३१ चट्टा दाउरा संकलन गर्न समुहले सहमति पाएको छ । सहमति अनुसार समुहले देवदह सव डिभिजन कार्यालय सितलनगरसंग समन्वय गरेर काठ दाउरा सङ्कलन गर्नुपर्नेछ ।
अध्यक्ष सापकोटाका अनुसार जनप्रिय ले वि.सं २०७० साल देखि वैज्ञाकि वन व्यवस्थापन कार्ययोजना अनुसार काम गरिरहेको छ । विगत १० बर्ष अघिबाट वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना वमोजिम काम गर्दै आएको भएपनि वि.सं २०७९ सालबाट दिगो वन व्यवस्थापनको कार्ययोजनामा रहेर काम गरिरहेको सापकोटाले बताईन् ।
वैज्ञानिक र दिगो वन व्यवस्थापनबाट काठदाउरा उत्पादन मात्र नभइ बनको हैसियत समेत सुधार भएको बताउँदै उनले वनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारि समेत सृजना भइरहेको उल्लेख गरिन् ।

यसैविच आइतवार समूहले वनदेवी पुजा गर्दै यस आर्थिक वर्षको वन पैदावर संकलन अर्थात काठ÷दाउरा कटान मुछान कार्य सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, समूहका पदाधिकारी, पत्रकार लगाएतको उपस्थितिमा वन पुजा गर्दै कटान मुछान कार्य सुरु गरिएको समुहका उपाध्यक्ष तथा कटान मुछान संयोजक टेकबहादुर बि.कले जानकारी दिए ।
स्थानीयलाई रोजगारी सृजना गर्नेगरि काम गर्न इच्छुक उपभोक्तालाई पहिलो प्रार्थमिकतामा राखेर कटान कार्य सुरु गरिएको बि.कले बताए । ‘हामिले हरेक वर्ष कटान मुछान कार्यमा स्थानीय कामदारलाई नै काम गराउने गरेका छौं ।’ उनले भने, ‘यसबाट स्थानीय जनशक्ति परिचालन हुन्छ भने अर्को पाटोबाट हेर्दा सामुदायिक वनको मुल मर्म भनेको गरिवि निवारण र रोजगारी सृजना गर्नुपनि हो ।’
प्रचलित ऐन कानुन र नियमहरुलाई पालना गर्दै काठ दाउरा संकलन कार्य गनुपर्दछ ।’ संयोजक बि.कले भने, ‘त्यसको लागि डिभिजन वन कार्यालयले काठदाउरा संकलन सहमति दिँदा विभिन्न सर्त सहित समूहलाई सहमति दिने गर्दछ ।’
सर्तहरु :
१) कटान मुछान कार्य २०८१ चैत्र मसान्तसम्म गरि २०८२ जेष्ठ महिना वा सो अगावै उत्पादित् काठ दाउराको लगत सव डिभिजन वन कार्यालयवाट प्रमाणित गरि डिभिजन वन कार्यालयमा पेश गरि सक्नु पर्दछ र उक्त कार्य गर्दा कटान समिति गठन गरि गर्नुपर्ने छ ।
२) कटान मुछान कार्य गर्दा कटान अनुगमन समितिको रोहवरमा गर्नु पर्दछ र कार्यसमितवाट थप अनुगमनको व्यवस्था मिलाई गर्नुपर्ने छ ।
३) कटान गर्दा अनुमति प्राप्त रुखहरु मात्र संकलन गर्नु पर्नेछ । यस प्रकार रुखहरु संकलन गर्दा रुखको ठूटा जतिसक्दो सानो हुनेगरी काट्नुपर्ने छ ।
४) कटान गर्दा उक्त कार्यमा संलग्न कामगर्ने मानिसहरुको सुरक्षाको व्यवस्था गरि गर्नुपर्ने छ । शारीरीक सुरक्षाको लागि हेलमेट, पंजा, जुत्ता तथा बीमा पक्षलाइ ध्यान दिई गर्नुपर्ने छ ।
५) कटान कार्य गर्दा बन क्षेत्रमा आगलागी हुन नपाउने व्यवस्था गरी कार्य गर्नु पर्दछ ।
६) कटान गरि निस्केका गोलियाहरु छपान नं अनुसार सिलसिलेवार नं लेख्नुपर्ने छ । कटान रजिष्टर बनाई काटिएका रुखहरुको विवरण सव डिभिजन वन कार्यालयवाट प्रमाणित गराई राख्नुपर्ने छ ।
७) कटान क्षेत्रमा सरसफाई गर्ने, चरिचरण नियन्त्रणको व्यवस्था मिलाउनुपर्ने छ ।
८) कटान हुँदाको बखतमा वा सम्पन्न भए पश्चात तोकिए बमोजिमको रुखहरु कटान भए नभएको, उत्पादित परिमाणका सबै काठ दाउरा घाटगद्दीमा आए नआएको विषयमा स्थानीय तह ÷ सव डिभिजन वन कार्यालयसंगको समन्वयमा अनुगमन समिति गठन गरि वन क्षेत्र तथा घाटगद्दी स्थान निरीक्षण अनुगमन गराई एकिन गरी गर्नुपर्ने छ ।
९) कटान पश्चात उत्पादित काठ, दाउरा डुवानी गर्दा चलानी पूर्जी बनाई ढुवानी गर्नु पर्नेछ । वन क्षेत्रबाट घाटगद्दी स्थानसम्म काठ दाउरा डुवानी गर्दा रातको समयमा गरिने छैन र कुनै विशेष कारण भए सव डिभिजन वन कार्यालयका प्रमुखलाई जानकारी गराएर मात्र गर्नुपर्नेछ ।
१०) नियमानुसार संकलन गरिएका रुख सम्वन्धी कटान रजिष्टर तथा घाटगद्दी आएको काठ दाउराको घाटगद्दी रजिष्टर सब डिभिजन बन कार्यालयवाट प्रमाणित गरी डिभिजन वन कार्यालयमा पेश गर्नुपर्ने छ ।
११) घाटगद्दी गर्दा सव डिभिजन वन कार्यालयले तोकेको स्थानमा संकलित वन पैदावार हानी नोक्सानी हुन नपाउने गरी गर्नु पर्नेछ ।
१२) लगत पेश गर्दा प्लट क्लियरेन्स विवरण समेत संलग्न गरि गर्नुपर्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology