Logo

२०८३, श्रावण २७गते


images
images

सामुदायिक वन

जनप्रिय सामुदायिक वनले यस वर्ष झण्डै ११ हजार क्यूफिट काठ संकलन गर्ने

जनप्रिय सामुदायिक वनले यस वर्ष झण्डै ११ हजार क्यूफिट काठ संकलन गर्ने

images
  • जनप्रिय सामुदायिक वनले यस वर्ष झण्डै ११ हजार क्यूफिट काठ संकलन गर्ने
    images
    images

    देवदह । जनप्रिय सामुदायिक वन उपभोक्ता समूह देवदहले यस आर्थिक वर्षमा १० हजार ७ सय ६४ क्यूफिट वन पैदावर (काठ) संकलन गर्ने भएको छ । डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा सो परिमाणको काठ दाउरा संकलनको लागि समुहलाई सहमति प्रदान गरेको हो ।

    images
    images
    images

    समहति वमोजिम समूहले पुनरोत्पादन कटान तर्फ विभिन्न जातका ९ हजार ६२।८४ क्यू फिट र ढलापडा तर्फ १ हजार ७०२।१४  क्यूफिट काठ संकलन गर्ने कार्यबाहक अध्यक्ष टेकबहादुर विकले जानकारी दिए ।

    images
    images
    images

    सहमतिमा आवधिक खण्ड नं १ को उपखण्ड ७ मा पुनरोत्पादन कटान तर्फ ४ हजार ८४१।५५ क्यूफिट साल, २ हजार ९५४।१२ क्यू फिट असना र अन्य प्रजातिका १ हजार २६७।१७ क्यूफिट काठ कटान हुनेछ । त्यसैगरि ढलापडा तर्फ १ हजार २४६।१२ क्यू फिट साल र अन्य विभिन्न जातका ४५६।०२ क्यू फिट काठ संकलन हुने कार्यवाहक अध्यक्ष विकले बताए । 

    images
    images
    images

    यस आर्थिक बर्षमा जनप्रियको पुनरोत्पादन तर्फ १९० वटा रुख कटान हुने र ढलापडा तर्फ २३ वटा रुखबाट काठ दाउरा संकलन हुनेछ । जसबाट ४१।०१ चट्टा दाउरा संकलन गर्न समूहले सहमति पाएको छ । सहमति अनुसार समूहले देवदह सव डिभिजन कार्यालय सितलनगरसँग समन्वय गरेर काठ दाउरा सङ्कलन गर्नुपर्नेछ ।

    कार्यवाहक अध्यक्ष विकका अनुसार जनप्रिय ले वि.सं २०७० साल देखि वैज्ञाकि वन व्यवस्थापन कार्ययोजना अनुसार काम गरिरहेको छ । जनप्रियले विगत ११ बर्ष अघिबाट वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना वमोजिम काम गर्दै आएको भएपनि वि.सं २०७९ सालबाट दिगो वन व्यवस्थापनको कार्ययोजनामा रहेर काम गरिरहेको छ ।

    ‘वैज्ञानिक र दिगो वन व्यवस्थापनबाट काठदाउरा उत्पादन मात्र नभइ बनको हैसियत समेत सुधार भएको छ ।’ कार्यवाहक अध्यक्ष विकले भने, ‘वनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी समेत सृजना भइरहेको छ । किनकी हामीले वनको कामका लागि पहिलो प्राथमिकतामा उपभोक्तालाई नै राख्ने गरेका छौं ।’  

    यसैविच सोमवार समूहले वनदेवी पुजा गर्दै यस आर्थिक वर्षको वन पैदावर संकलन अर्थात काठ÷दाउरा कटान मुछान कार्यको सुरुवात गरेको छ । स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, समूहका पदाधिकारी, पत्रकार लगाएतको उपस्थितिमा वन पुजा गर्दै कटान मुछान कार्य सुरु गरिएको समुहका कोषाध्यक्ष तथा कटान मुछान संयोजक दुर्गा प्रसाद भुर्तेलले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।