Logo

२०८३, श्रावण २७गते


images
images

जनप्रिय सामुदायिक वनको साधारणसभा : १ करोड ५७ लाखको बजेट सार्वजनिक

जनप्रिय सामुदायिक वनको साधारणसभा : १ करोड ५७ लाखको बजेट सार्वजनिक

images
  • जनप्रिय सामुदायिक वनको साधारणसभा : १ करोड ५७ लाखको बजेट सार्वजनिक
    images
    images

    देवदह । जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको १५औं वार्षिक साधारणसभाले आगामी वर्षको लागि १ करोड ५७ लाख बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको छ । गत आर्थिक वर्षमा एक करोड २२ लाख एक हजार २९० रुपैयाँको आर्थिक कारोवार गरेको वनले आगामी वर्षको बजेटमा २५ लाख रुपैयाँ वृद्धि गरेको हो । 

    images
    images
    images

    वनले काठ लिलामबाट ६३ लाख ४७ हजार ५९४, साल गोलिया विक्रीबाट १५ लाख ३१ हजार तथा अनुदान सहयोग २५ लाख प्राप्त हुने अनुमान गरेको छ । आम्दानीको ४० प्रतिशत वन व्यवस्थापनमा खर्चिने योजना बनाएको वनको प्रशासनिक खर्च १० प्रतिशत रहने छ । त्यसैगरी वनले गरिवी निवारणमा ३० प्रतिशत र सामाजिक विकास तथा पूर्वाधार निर्माणमा २० प्रतिशत खर्चिने छ । 

    images
    images
    images

    कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै वन उपभोक्ता समूहकी अध्यक्ष रुका सापकोटाले गत आर्थिक वर्षमा गरिएका काम र आगामी योजनाबारे चर्चा गरिन् । आगामी कार्यक्रममा २०८१/०८२ मा निर्माण सुरु भएको बोटानिकल गार्डेनलाई निरन्तरता दिने, नदिकटानमा तटबन्धन गर्ने, वन डढेलो नियन्त्रण गर्ने, नर्सरी कार्यक्रम संचालन गर्ने लगायत रहेका छन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले वनको पहलमा भलुहीको सडक क्षेत्रमा वृक्षरोपण गरेर हरित वडा बनाउन सकिने बताइन् । उनले देवदहको पर्यटन विकासमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सामुदायिक वन देवदहको महत्वपूर्ण पुँजी रहेको विचार व्यक्त गरिन् ।

    साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरेको जनाइएको छ । 

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, सव डिभिजन वनका अधिकृत पुष्पराज श्रेष्ठ लगायतले बोलेका थिए । 

    साधारण सभामा तीन जना जेष्ठ नागरिक एवं पाँच वटा आमा समूहलाई नगदसहित समान गरिएको जनाइएको छ । 

    देवदह नगरपालिकाको वडा नं. ९ र १० मा फैलिएको वनको क्षेत्रफल  २३७.१७ हेक्टर रहेको छ । वनमा ४५५ घरधुरी उपभोक्ता रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनप्रिय सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।