नन्दु यादव, पश्चिम नवलपरासी ।नवलपरासीमा सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासीबाट खटिगएको मोवाईल गस्ती टोलिले बिशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई नेपालतर्फ ल्याई जिल्ला पश्चिम नवलपरासी सरावल गाँउपालिका १ बासा लैजादै गरेको अवस्थामा मुल्य रु. ६ लाख १४ हजार ८ सय बराबरको लत्ताकपडाहरु बरामद भएको हो ।
थानको कपडा- ४० थान, सर्टको थान कपडा ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५०पिस, कुर्ता सुरुवाल ३१ पिस, साडि ९ पिस बरामद गरी आवश्यक कारवाहिको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मी ले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology