रुपन्देही, खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या भएको छ । रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता ३ का अवदेश चमारको गएराति हत्या भएको हो ।
बेतानीमा प्लाई उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका मजदुरहरु बिच विवाद भएका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । रविले अवदेशलाई खुकुरी प्रहार गरेपछि उनका बाबु गोपिचन्दलाई समेत प्रहार गरेका थिए । खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएको र उनका बाबु र खुकुरी प्रहार गर्ने रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology