Logo

२०८३, आश्विन ९गते


images
images

सेतोमसी समाचार प्रभाव

केरवानी माविले कृषि बिज्ञान तर्फको ओजेटी सकायो, १० दिनमा प्रमाणपत्र बाँडिने

केरवानी माविले कृषि बिज्ञान तर्फको ओजेटी सकायो, १० दिनमा प्रमाणपत्र बाँडिने

images
  • केरवानी माविले कृषि बिज्ञान तर्फको ओजेटी सकायो, १० दिनमा प्रमाणपत्र बाँडिने
    images
    images

    रेशम अधिकारी 'अशोक', देवदह । रुपन्देहीको देवदहस्थित केरवानी माध्यमिक बिद्यालयले २०७७ मंसिरमा कक्षा १२ को लिखित परिक्षा सकाएका कृषि बिज्ञान बिषयका विद्यार्थीको अन-द जब ट्रेनिङ्ग (ओजेटी) को बाह्य मुल्यांकन सकाएको छ ।

    images
    images
    images

    यस अघि ओजेटीमा ढिलाइ गरिएको गुनासो आएपछी सेतोमसीले बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मा र परिक्षाबोर्डका अधिकृत बाबुराम भण्डारीको भनाइ सहितको समाचार प्रकाशित गरेको थियो ।

    images
    images
    images

    विद्यार्थीको भविष्यमाथी केरवानी माविको गम्भीर लापरबाही, विद्यार्थीको एक बर्ष गुम्ने खतरा विद्यार्थीको भविष्यमाथी केरवानी माविको गम्भीर लापरबाही, विद्यार्थीको एक बर्ष गुम्ने खतरा परिक्षा बोर्डका अधिकारीका अनुसार सामान्यतया परिक्षा सकिएको मितिले ६ महीनासम्म चल्नुपर्ने भएपनी कोरोना महामारीका कारण परिक्षा सुरु हुनु अघि २०७७ असोजबाटै ओजेटी सुरु गराइ चैत २० सम्म सकाउन परिक्षा बोर्ड्ले निर्देशन दिएको थियो । विविध कारणले परिक्षा बोर्डको उक्त निर्देशन पछ्याउन नसक्दा ओजेटीको बाह्य मुल्यांकन १५ दिन ढिलो हुन गएको हो ।

    images
    images
    images

    यद्यपि कृषि बिज्ञान पढाइ हुने अन्य केहि बिद्यालयहरुले समेत अझै उक्त ओजेटी नसकाइसकेको तथ्य सेतोमसीले फेला पारेको छ । नवरत्न माविका प्रधानाध्यापक हेमराज आचार्यसंगको कुराकानीमा उक्त कुरा खुलेको हो । सेतोमसीसंग कुरा गर्दै प्रअ आचार्यले बिबिध कारणले परिक्षा बोर्डको पछिल्लो निर्देशनबारे प्रष्टता नभएकोले आफुहरु अलमलमा परेको बताए । केरवानी माविले परिक्षा सकाएसंगै आफुहरुले पनि यहि बैशाख १२ गते बाह्य मुल्यांकन गराउने गरि तयारी गरेको बताउँदै प्रअ आचार्यले आफुबाट कमजोरी भएको स्विकार गरे ।

    'केरवानी मावि प्रथम भयो, अव १० दिनमा प्रमाणपत्र उपलब्ध गराउँछ' - प्रअ शर्मा

    केरवानी माविका प्रधानाध्यापक दुर्गादत्त शर्माले केरवानी मावि यस क्षेत्रमा कृषि बिज्ञान तर्फको ओजेटी सकाउने प्रथम बिद्यालय भएको दावी गरेका छन । सेतोमसीसंग कुरा गर्दै प्रधानाध्यापक शर्माले आइतबार (आज) ओजेटी सकिएको र सबै प्रक्रिया पुर्याएर अब १० दिनभित्र विद्यार्थीलाई सर्टिफिकेट उपलब्ध गराइने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।