Logo

२०८३, आश्विन ९गते


images
images

नमुना बिद्यालयले जे गरेपनि हुन्छ ?

विद्यार्थीको भविष्यमाथी केरवानी माविको गम्भीर लापरबाही, विद्यार्थीको एक बर्ष गुम्ने खतरा

विद्यार्थीको भविष्यमाथी केरवानी माविको गम्भीर लापरबाही, विद्यार्थीको एक बर्ष गुम्ने खतरा

images
  • विद्यार्थीको भविष्यमाथी केरवानी माविको गम्भीर लापरबाही, विद्यार्थीको एक बर्ष गुम्ने खतरा
    images
    images

    रेशम अधिकारी 'अशोक', देवदह । रुपन्देहीको देवदहस्थित केरवानी माध्यमिक विद्यालयले कृषि बिज्ञान विषय लिएर कक्षा १२ को लिखित परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको भविष्यसंग चरम लापरबाही गरेको खुलेको छ । परिक्षा बोर्डको निर्देशिका अनुसार २०७७ असोज २० गते देखि चैत्र २० गते सम्म अन-द जब ट्रेनिङ्ग (ओजेटी) गराइ लगत्तै विद्यार्थीलाई सम्पुर्ण प्रमाणपत्र उपलब्ध गराउनु पर्नेमा त्यसो नभएको पाइएको हो ।

    images
    images
    images

    वन बिज्ञानमा स्नातक तहमा नाम निकाल्न सफल एक विद्यार्थीले प्रमाणपत्र नपाएकै कारण स्नातक तह पढ्न नपाएको गुनासो गरेपछी हामिले बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मालाई यसबारे सोध्दा सुरुमा उनले कार्यबिधी अनुसार नै २०७८ असार १९ सम्म ओजेटी चल्ने बताए । २०७७ मंसिर १९ गते परिक्षा सकिएको र परिक्षा सकिएको ६ महिनासम्म ओजेटी चल्ने बताउँदै उनले जसरी पनि विद्यार्थीको एक वर्ष गुम्ने दावी गरे ।

    images
    images
    images

    तर सेतोमसी यतिमै रोकिएन, हामिले उच्च मावि शिक्षा परिषद् बुटवललाइ यसबारे जिज्ञासा राख्यौं । परिषद्का शाखा  अधिकृत बाबुराम भण्डारीले चैत २० लगत्तै विद्यार्थीले प्रमाणपत्र पाउँन सक्ने बताउँदै प्राबिधिक बिषय पढाउने कालिका मानवज्ञान् लगायतका अन्य बिद्यालयका विद्यार्थीले प्रमाणपत्र पाइसकेको समेत बताए ।IMG-20210414-WA0003.jpg

    images
    images
    images

    भण्डारीका अनुसार नियमित अवस्थामा परिक्षा सकिएको मितिले ६ महिना ओजेटी गर्नुपर्ने हो तर अहिले कोरोना माहामारीका कारण परिक्षा बोर्डले विद्यार्थीको एक बर्ष 'लस्ट' नहोस भनेर मंसिरमा परिक्षा हुने भएपनी असोज २० गतेबाटै ओजेटी सुरु गराइ चैत्र २० सम्म सकाउन निर्देशन दिएको थियो । परिक्षा बोर्ड्को त्यही निर्देशन 'फलो' नगर्दा आज केरवानी माविमा पढ्ने विद्यार्थीको महत्वपूर्ण १ वर्ष गुम्ने भएको हो ।
     
    परिषद्का बाबुराम भण्डारीको भनाइ लिएपछि हामिले पुन: बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मालाई तपाईंले परिक्षा बोर्डको पछिल्लो निर्देशन किन पछ्याउनु भएन भनेर सोध्दा उनले त्यसबारे आफुलाइ जानकारी नै नभएको र आफुले अरु स्कुलहरुसंग समन्वय गरेर काम गरेको बताए । तपाईंले अरु स्कुलसंग सेटिङ्ग गरेर परिक्षा चलाउने होकी परिक्षा बोर्डको निर्देशनलाई पछ्याउनुपर्ने हो भन्ने हाम्रो जिज्ञासामा शर्माले आफुबाट गल्ती भएको स्वीकार गर्दै थप बुझेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

    ओजेटी कोर्डिनेटरका आफ्नै दु:ख

    हामिसंगको कुरा पछि परिक्षा समयमै नसकाएकोमा प्रधानाध्यापक शर्माले गल्ती महसुस गरि बिद्यालयका ओजेटी कोर्डिनेटर चिरञ्जीवी भट्टराईलाई जसरी हुन्छ परिक्षा सकाएर विद्यार्थीले प्रमाणपत्र पाउने बाताबरण बनाउन निर्देशन दिएछन । कोर्डिनेटर भट्टराईले सेतोमसीका सम्पादकलाइ फोन गरि आफुलाइ प्रअले यस्तो निर्देशन दिएको तर अब कसरी यति छोटो समयमै सबै काम सकाउने भन्नेमा आफू दुबिधामा परेको बताउँदै आफुलाइ अफ्ट्यारो नपर्ने गरि समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेका छन ।received_764659587578139.jpeg

    प्रअले मलाई निर्देशन दिनुभयो तर यो गल्ती मेरो होइन । म त अहिले पनि दिनमा ५ पिरियड पढाउनुपर्छ । "कक्षा पनि लिनुछ । संयोजन पनि गर्नुछ हामिले हाम्रो पीडा कस्लाइ भन्ने" भन्दै भट्टराईले लामो समय हामिसंग फोनमा कुरा गरे ।

    'बैशाख ५ गते विद्यार्थीलाई सर्टिफिकेट दिन्छु । केरवानी कृषि बिज्ञानको प्रमाणपत्र दिने पहिलो स्कुल हुनेछ' - प्रअ शर्मा

    यो समाचार तयार गरिदै गर्दा केरवानी माविका प्रअ शर्माले हामीलाइ फोन गरि समयमै सजग गराएकोमा सेतोमसीलाइ धन्यवाद दिदैं भनेका छन - "बिष्णु (सेतोमसी सम्पादक) जी तपाईंले सजग गराउनु भयो धेरै धन्यवाद । मैले निर्देशन दिइसकें केरवानी स्कुलका बिद्यार्थीले बैशाख ५ गते सम्पुर्ण परिक्षा सकाएर प्रमाणपत्र पाउँछन् ।" कृषि बिज्ञानको प्रमाणपत्र दिने आफू पहिलो बिद्यालय हुने जिकिर गर्दै शर्माले अन्य स्कुलका विद्यार्थीले पनि प्रमाणपत्र नपाएको दावी गरे ।

    received_218393046730166.jpegशिक्षण आफैमा बौद्धिकहरुको पेसा हो । बौद्धिक त्यो हो जो पछिल्लो घटनाक्रमवारे जानकार हुन्छ । तर, बिद्यालयमा हुने र हुनुपर्ने परिक्षाको अवधीको समेत पत्तो विद्यालयलाइ नहुनु र विद्यार्थीलाई उर्जाशिल १ वर्ष गुमाउन प्रेरित गर्नु / गरिनु हदैसम्मको लापरबाही हो ।

    परिक्षा बोर्डले विद्यार्थीको समय नगुमोस भनेर नै कोरोना महामारी जस्ता आपतकालीन अवस्थामा परिक्षा विधि र समयमा फेरवदल गरिरहन्छ । त्यसबारे संबंधित संस्थालाइ परिपत्र गर्छ । पत्रपत्रिका र आफ्नो वेबसाईटमा सूचना जारी गर्छ । जसलाइ बिद्यालयले अध्ययन गर्नु जरुरी छ ।

    हामी नमुना सामुदायिक बिद्यालय हो । हामी अरु बिद्यालयसंग समन्वय गरेर परिक्षा गराउँदा भैहाल्यो नि भन्ने र शैक्षिक क्षेत्रमा सिण्डिकेट प्रवृत्ति लागू गराउन खोजिनु खतरनाक छ । परिक्षा बोर्डलाई बेवास्ता गरि विद्यार्थीको भावना र उस्को भविष्यसंग खेल्नु सामान्य कमजोरी होइन यो सामाजिक/शैक्षिक अपराध हो ।

    आगामी दिनमा यस प्रकारका घटना नघटुन । आफुले पढेको प्रमाणपत्र लिन १० पटक बिद्यालय पुग्नु पर्ने लगायतका समस्या हल होउन् । यसको लागि सम्बन्धित पक्ष र विद्यार्थी एवं अभिभावक समेत समयमै सचेत हुन जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।