Logo

२०८३, श्रावण २७गते


images
images

जिल्लास्तरीय फुटबल प्रतियोगितामा उपविजेतालाई सम्मानसँगै केरवानीमा स्पोर्ट्स क्लब गठन

जिल्लास्तरीय फुटबल प्रतियोगितामा उपविजेतालाई सम्मानसँगै केरवानीमा स्पोर्ट्स क्लब गठन

images
  • जिल्लास्तरीय फुटबल प्रतियोगितामा उपविजेतालाई सम्मानसँगै केरवानीमा स्पोर्ट्स क्लब गठन
    images
    images

    देवदह । रुपन्देहीको केरवानी माध्यमिक विद्यालयले फुटबल प्रतियोगितामा उपविजेता बनेका आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ । बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रम बीच असोज ७ गते शान्ति नमुना मा.वि. तिलोत्तमाको आयोजनामा भएको जिल्ला स्तरीय ७ ए साइड शिक्षक–कर्मचारी प्रतियोगितामा सहभागी टोलीलाई सम्मान गरिएको विद्यालयका सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    प्रतियोगितामा जिल्लाभरका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू सहभागी थिए । प्रतियोगितामा केरवानी मा.वि.ले उत्कृष्ट प्रदर्शन गर्दै शान्ति नमुना मा.वि.को ‘ए’ टिमलाई ३–२ गोल अन्तरले, लुम्बिनी सिटी कलेजलाई ३–० ले तथा अक्सफोर्ड मा.वि.लाई ३–० गोल अन्तरले पराजित गरेको थियो । विद्यालयले असोज ७ गते भएको फाइनलमा शान्ति नमुना मा.वि.को ‘बी’ टिमसँग प्रतिस्पर्धा गर्दै ३–० गोल अन्तरले पराजित भई दोस्रो स्थान हासिल गरेको हो ।

    images
    images
    images

    प्रतियोगितामा अक्सफोर्ड मा.वि. तेस्रो र देवदह इङ्लिस बोर्डिङ स्कुल चौथो भएका थिए ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड, मेडल र ४५ केजीको बोका पाउँदा, द्वितीय हुने केरवानी मा.वि.ले शिल्ड, मेडल र ४० केजीको बोका प्राप्त गर्‍यो । त्यस्तै, तेस्रो हुनेले शिल्ड, मेडल र ३० केजीको बोका तथा चौथो हुनेले शिल्ड, मेडल र आकर्षक ठूलो भाले पुरस्कारस्वरूप पाएका थिए ।

    केरवानी .jpg

    उपलब्धिको खुशीका साथै बडादशैं, भाईटीका र छठ पर्वको अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक–कर्मचारी परिवार, विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति, शिक्षक–अभिभावक संघ र शैक्षिक गुणस्तर सुधार समिति बीच शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, सहायक प्राचार्य कमल ज्ञवाली, शिक्षक हिरण्यलाल लम्साल, नारायण भुसाल, होमनाथ शर्मा, जीवन पाण्डे, पवित्रा रिमाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

    त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्णचन्द्र पुरी, बिनीता अधिकारी, सुष्मा रिजाल, माया भण्डारी, सल्लाहकार भरत तिवारी, शंकर चन्द, अभिभावक संघ अध्यक्ष गणेश तिमिल्सिना र सदस्य अम्बिका सापकोटाले पनि शुभकामना दिएका थिए ।

    कार्यक्रमकै अवसरमा विद्यालयमा खेलकुद गतिविधि व्यवस्थितरूपमा सञ्चालन गर्ने उद्देश्यसहित ‘केरवानी स्पोर्ट्स क्लब’ समेत गठन गरिएको छ । क्लबको संयोजकमा खेमानन्द ज्ञवाली र सदस्यहरूमा नारायण भुसाल र विवेक पाण्डे रहेका छन् ।

    कार्यक्रमको सञ्चालन शिक्षक यज्ञ प्रसाद न्यौपानेले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।