Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा भलिबल प्रतियोगिता हुने

देवदह महोत्सवमा भलिबल प्रतियोगिता हुने

images
  • देवदह महोत्सवमा भलिबल प्रतियोगिता हुने
    फाइल फोटो
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा सञ्चालित ९औंं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । महोत्सव स्थलमा आज माघ १५ गते देखि १८ गते सम्म अन्तर वडास्तरीय भलिवल प्रतियोगिता हुने खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक खेमराज चापागाईले जानकारी दिए ।

    images
    images
    images

    देवदहका सबै वडाको सहभागिता हुने प्रतियोगितामा विजेताले नगद ३० हजार ट्रफी, उपविजेता टिमले नगद २० हजार ट्रफी र तृतिय टिमले नगद १० हजार र ट्रफी प्राप्त गर्ने संयोजक चापागाईले बताए । 

    images
    images
    images

    यसैगरी माघ १८ गतेदेखि २० गतेसम्म अन्तर टोलस्तरीय डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सव स्थलमा हुने डोरी तान्ने प्रतियोगितामा नगरका टोल विकास संस्थाहरुको सहभागिता रहने संयोजक चापागाईंले जानकारी दिए  । अन्तर टोलस्तरीय डोरी तान्ने प्रतियोगितका विजेताले नगद १५ हजार ट्रफी, उपविजेताले नगद १० हजार  ट्रफी र तृतिय हुने टिमले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने जनाइएको छ । दुबै प्रतियोगिताको लागि तिन लाख पचास हजार भन्दा बढी खर्च अनुमान गरिएको संयोजक चापागाईंले बताए ।

    images
    images
    images

     महोत्सवको अवसरमा भेन्ट्रास, आयोजक र पत्रकारहरु वीच मैत्रीपूर्ण खेल हुने संयोजक चापागाईले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।