Logo

२०८३, श्रावण २७गते


images
images

भलिबल प्रतियोगितामा शहिद स्मृति क्लब बुटवल प्रथम

भलिबल प्रतियोगितामा शहिद स्मृति क्लब बुटवल प्रथम

images
  • सेतोमसी सहकर्मी
  • भलिबल प्रतियोगितामा शहिद स्मृति क्लब बुटवल प्रथम
    images
    images

    बुटवल  । बुटवलमा मङ्गलबारदेखि सुरु भएको भलिबल प्रतियोगिता आज समापन भएको छ । राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिवल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम मंगलवार लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालीकाको सहयोगमा  वुटवलको सुख्खा नगरमा रहेको एभरेष्ट वोडिङ्ग स्कुलको मैदानमा खेल प्रतियोगिताको चलिरहेको थियो ।

    images
    images
    images

    उक्त खेल प्रतियोगितामा रुपन्देही जिल्लाभरबाट महिला पुरुष गरी १३  समूहको सहभागीता रहेको थियो। आज भएको फाइनल खेलमा शहिद स्मृति क्लब बुटवल ३५ हजार नगद र राशिको पुरस्कार सहित प्रथम भएको छ भने शहिद स्मृति क्लब मोतिपूर ३० हजार पुरस्कार सहित द्धितिय स्थान , देवदह शहिद स्मृति प्रतिष्ठान २५ हजार सहित तितृय र लुम्बिनी भिजन युवा क्लवले २० हजार राशिको पुरस्कार सहित सन्तवना स्थान प्राप्त गरेका छ । 

    images
    images
    images

    त्यस्तै समापन कार्यक्रममा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गरिएको थिए। 

    images
    images
    images

    समापन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले एउटा राष्ट्रिय नेताले गरेको काम भन्दा युवाहरु र खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने र अन्तर्राष्ट्रिय रुपमै गौरव बढाउने बताए । बुटवलमा सुरु भएको भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने हुदाँ तिनै तहका सरकाले युवा र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए।

    खेल क्षेत्रमा स्थानिय सरकारले लगानी गर्नु र यस्ता कार्यक्रम आयोजना गर्नुले स्थानिय युवाहरुमा एकरुपता ल्याउन सहयोग पुग्ने बताए। युवा र खेल क्षेत्रमा पनि संघ र प्रदेश सरकारले स्थानिय  तह सगँ सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्ध  व्यक्त गरे । 

    सोहि क्लबका अध्यक्ष नारायण जिसिले युवाहरुको उर्जा र क्षमता प्रयोग गरी राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गर्न उद्धेश्य लिएर लुम्बिनी भिजन युवा क्लवले यस्ता कार्यक्रम निरन्तर गर्ने र भोलिका दिनहरुमा पनि सबै युवाहरुको अभिभावकत्व बहन गर्ने गरी अगाडि बढेको बताए । सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत समाजमा छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको बताए । युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न र युवाको क्षमतालाई पहिचान गरी युवा क्षमता र दक्षतालाई स्वदेशमै टिकाउन र बिकाउन पनि यस्ता खालका खेलहरुमा लगानी गरी युवा लक्षित कार्यक्रम बेलाबेलामा आयोजना गर्नुपर्ने अध्यक्ष जिसिले बताए । 

    उक्त कार्यक्रममा लुम्बिनी भिजन युवा क्लवका उपाध्यक्ष एवं कार्यक्रम संयोजक माधव वस्नेतले स्वागत गरेका थिए भने सञ्चालन सचिव दिपक भण्डारीले गरेका थिए । आयोजक क्लवका पदाधिकारी तथा अन्य समाजसेवि व्यक्तित्वहरु खड्ग कौसल ,गोपाल रेस्मि र महिला अगुवा तथा समाजसेवि एकता थापा लगायतले  खेल अबधिभर सहयोग गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।