बुटवल । बुटवलमा तिन दिने भलिबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालीकाको सहयोगमा 'राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद' भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिवल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम मंगलवारदेखि बुटवलमा शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालीकाका नगर प्रमुख खेलराज पाण्डेयले खेलले मानिसलाई सधै पुनर्ताजगी बनाउनुको साथै शारिर स्वास्थ्य राख्न पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । यसकारण पनि मानव स्वास्थ्यलाइ समेत जोडेर अहिले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको छ उक्त कार्यमा उपमहानगरपालीका पनि संगै सहकार्य गरेको बताए । स्थानीय जनताको आवश्यकता र मागका आधारमा पालीकाले सेवा सुविधा दिने गरेको बताउदै आगामि दिनमा पनि सोही कल्वले बिभिन्न सामाजिक कार्य गर्दै नगर सगँ समन्वय गरी अगाडि बढ्न सुझाव दिए । बुटवल नगर भित्र कुनै एक क्षेत्रमा सहिदहरुको नाममा सहिद स्मृति पार्क निमार्णका लागि पहल गर्न अनुरोध गर्दै त्यसका लागी आवश्यक सहकार्य सहित बजेट विनियोजन गर्न बुटवल उपमहानगरपालीका तयार रहने प्रतिवद्धता ब्यक्त गरे प्रमुख पाण्डेले कार्यक्रम बारे सफलताको शुभकामना दिदै यस क्लवले समाजका युवा,महिला,जेष्ठ नागरिक र बालबालिकको क्षेत्रमा पनि संघ र प्रदेश सरकार सगँ सहकार्य गरी सामाजिक कार्य गर्दै अगाड बढ्न सुझाब दिए।
अहिले उक्त खेलमा १३ जना समूहको सहभागीता रहेको छ । ११ पुरुषको समूह छ भने २ महिलाको समूह सहभागी छ । खेलकुद प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३५ हजार राशीको पुररस्कार सहित मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ भने दोस्रो हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाण पत्र , तेस्रो हुने समूहलाई नगद २५ हजार सहित मेडल र प्रमाण पत्र र सान्तवना हुने समूहले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।
त्यस्तै उक्त कार्यक्रमको अन्तिम दिन समापनमा बुटवल उपमहानगरपालीका भित्र रहेका राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष नारायण जि.सी निर्मलले जानकारी दिए । जि.सी का अनुसार गणतन्त्र प्राप्तिको निम्ति शहादात प्राप्त सहिदहरुको सम्झनामा यो खेलको आयोजना गरिएको हो । बुटवल उपमहानगरपालिकामा रहेको खेलाडिहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको सोहि क्लवका अध्यक्ष जि.सी ले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology