देवदह । रुपन्देहीको देवदह ८ मा अन्तर टोलस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । स्कुलटोल र मुखियाटोल बिच भएको महिला तर्फको उद्घ्घाटन खेलमा २५-११ र २५-९ को सोझो सेटमा स्कुलटोलले जीत हात पारेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार दूई वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
मंगलबार हुने खेल पुरुष तर्फका हुने र त्यसमा तल्लो देउराली विरुद्ध प्रेमटोल र मुखियाटोल विरुद्ध लाङ्गाली टोल बिच प्रतिष्पर्धा हुने पृथ्वी उमा ज्ञान केन्द्रका अध्यक्ष गोविन्द क्षेत्रीले जानकारी दिए ।
यसअघि देवदह-८ मुखियाटोलमा आयोजित प्रतियोगिता कार्यबाहक वडा अध्यक्ष रेशम पुनले खेलाडीलाई बल हस्तान्तरण गरे संगै सुरुवात भएको थियो । पृथ्वी प्रकृति इको क्लवका अध्यक्ष धनमाया गुरुङ्गको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फका ६ टोली सहभागी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology