Logo

२०८३, श्रावण २७गते


images
images

तीन बुंदे सहमति पछि कांग्रेसले महानगरमा लगाएको ताला आफैं खोल्यो

तीन बुंदे सहमति पछि कांग्रेसले महानगरमा लगाएको ताला आफैं खोल्यो

images
  • तीन बुंदे सहमति पछि कांग्रेसले महानगरमा लगाएको ताला आफैं खोल्यो
    images
    images

    राजेश पराजुली, पोखरा । मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका हुन्।

    images
    images
    images

    गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरुले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।

    images
    images
    images

    सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरुले भने महानगरको बिशेष नगरसभाले पारित गरेका एजेण्डाहरु त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्य्क्ष बिष्णु प्रसाद बरालले जानकारी दिए।

    images
    images
    images

    नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार ,  मेयर धनराज आचार्यसंग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु विच गएको मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित सातबुदे सहमति अक्षरशस् पालना गर्ने, सम्पुर्ण वडा कार्यालय, महाशाखा, शाखा लगाएत खर्च केन्द्रहरुका शिर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प हुनगएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरासभा माघ ११ गते बोलाउने सहमति भएको छ।

    कांग्रेस संसदीय दलका नेता आफूहरु करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरु कार्यान्बयन गर्नमा प्रतिबद्ध रहेको बताउछन।

    यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले बिगतमा आफ्नो पार्टीसंग भएको सहमति बमोजिमका एजेण्डाहरु माघ ११ गतेको नगर सभामा पेश नभए बैठक नै चलन नदिने दाबी गर्छन।  वडाध्य्क्ष बराल आउने नगसभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धि कार्य योजना लगायतका प्रस्ताबहरु नआएमा बैठक नै चलन नदिने बताउछन।

    वडाध्यक्ष बरालको प्रश्न छ , जनाप्रतिनिधिसंग भएको सहमति कार्यान्बयन गर्नमा नेपाली कांग्रेस सहमत हो भने महानगरका मेयर ,  उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लागाइएको हो रु उनीहरुले किन तालाबन्दी गरेर किन खोले त

    सहमति कार्यान्बयन सम्बन्धमा नगरासभामा नै छलफल गर्न सक्ने अवस्थामा नेपाली कांग्रेसले महानगरका मेयर ,  उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्य्क्ष बरालको टिप्पणी रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।