Logo

२०८३, आश्विन ९गते


images
images

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

images
  • मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का
    images
    images

    काठमाडौं । शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो।

    images
    images
    images

    केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ।

    images
    images
    images

    पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा लगातार भूकम्प गइरहेको छ। केन्द्रको तथ्यांक अनुसार बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएपछि लगातार भूकम्पले धक्का दिइराखेको छ। यो भूकम्पपछि दार्चुला, जाजरकोट, बैतडी र मुगुमा चार म्याग्निच्यूडभन्दा ठुला भूकम्प गइसकेका छन।

    images
    images
    images

    केन्द्र अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ९ पटक गइसकेको छ। त्यो भन्दा साना भूकम्प दर्जनौ पटक गइसकेका छन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।