झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाको दमकस्थित व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताएका छन् ।
स्थानीय जनसहभागितामा १०० मिटर अग्लो र १८ तले कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।
यो कम्प्लेक्सको निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने पनि उनले बताए ।
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता भवन बनेको उदाहरण दिँदै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology