काठमाडौं । चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन्
बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही खुलाइसकेको छैन ।
गत असार ३० मा प्रधानमन्त्री भएका ओलीले आफ्नो पहिलो औपचारिक भ्रमण उत्तरी छिमेकबाट थालेका हुन्।
राष्ट्रपति सीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ्सँग संवाद गरेका थिए ।
त्यसपछि दुई देशबीचमा विभिन्न नौ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर ती सहमतिमा खासै महत्त्वका छैनन् । दुई समकक्षीबीचको सम्झौतामा बेल्ट एन्ड रोड परियोजनालाई ठोस रुपमा सम्बोधन गरिएको छैन ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology