Logo

२०८३, आश्विन १०गते


images
images

ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ : प्रधानमन्त्री

ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ : प्रधानमन्त्री

images
  • ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।

    images
    images
    images

    केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताएका हुन् ।

    images
    images
    images

    सातौ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।

    images
    images
    images

    उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई सो कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्री ओलीले भने– ‘यो करारमा रहेका अस्थायी, ज्यालादारी आदि त्यस सुरक्षा कोषको दायराभित्र पर्ने कि नपर्ने भन्ने कुरा आएको छ । केही दिन मात्रै पनि सेवा गर्छ भने यो नियम लागु गर्नु पर्दछ । र यस अनुसार थोरै भएपनि सामाजिक सुरक्षा हुनुपर्दछ । यसमा विभिन्न मात्रामा, विभिन्न ढंगले, विभिन्न तरिकाबाट आमन्त्रण गर्नुपर्दछ । देशबाहिर रोजगारीमा रहेका युवाहरु २५÷२६ लाख युवाहरु बाहिर गएका हुन सक्दछन् अहिलेसम्मको स्थितिलाई हेर्दा । एउटा के छ भने एयरपोर्टमा भिड देखाउँछ । तर जानेको हो कि आउनेको हो ? त्यो छुट्टिदैँन । मान्छे गएका मात्रै होइनन, फर्केका पनि छन् नि । रोजगारीका लागि केही समयका लागि सम्झौता अन्तगत उनीहरु बाहिर गएका हुन फर्किन्छन् । ’

    प्रधानमन्त्री ओलीले सरकारले जनताको सुख र समृद्धि बाहेक अरु कुनै अभिष्ट नराखेको पनि बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।