Logo

२०८३, आश्विन १०गते


images
images

ओलीको दाबी : सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो

ओलीको दाबी : सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो

images
  • ओलीको दाबी : सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । 

    images
    images
    images

    सरकारको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए ।

    images
    images
    images

    “थालेका काम अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो,” उनले भने । 

    images
    images
    images

    उनले थालिएको कामको योजना बनाएर प्राथमिकता तोकिएको बताए । त्यसैका आधारमा कार्यसम्पादन सम्झौता गरिएको उनले सुनाए । उनले सबै मन्त्रालयले पहिलो, दोस्रो सय दिनमा गर्ने कामको सूची बनाएको पनि बताए ।

    उनले पहिलो सय दिनमा गर्ने भनिएको ७० प्रतिशत काम भएको बताए । 

    “पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।

    उनले प्रकृति प्रतिकूल नभएको भए बाँकी ३० प्रतिशत काम पनि हुने सुनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।