Logo

२०८३, आश्विन १०गते


images
images

ढुक्क हुनुहोस ! यो सरकार २०८४ अघि ढल्दैन : प्रधानमन्त्री

ढुक्क हुनुहोस ! यो सरकार २०८४ अघि ढल्दैन : प्रधानमन्त्री

images
  • ढुक्क हुनुहोस ! यो सरकार २०८४ अघि ढल्दैन : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेको गठबन्धन २०८४ सालको चुनाव गराएर मात्रै टुट्ने दाबी गरेका छन्।

    images
    images
    images

    उनीले दसैँ लगत्तै सरकार फेरिँदै छ भनेर चलाइएको हल्ला निराधार भएको दाबी गर्दै झण्डै दुई तिहाइको सरकार आलोपालो गरेर २०८४ सम्मै जाने बताएका हुन्। बुधबार ६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे।

    images
    images
    images

    ‘सबैलाई आवस्त रहन पनि आग्रह गर्दछु। कुनै भ्रममा नपर्न आग्रह गर्दछु। अहिले दिनै पिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा सुनिन्छ। दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको? २०८४ सालको चुनावपछिको दसैँमा ठीकै हो, ओलीले अगाडि भने, ‘त्यसभन्दा यता मैंले पहिल्यै भनिसकेको छु। म एक वर्ष ९ महिना जति र त्यसपछि शेरबहादुरजीलाई सरकार हस्तान्तर हुन्छ।’ उनले थपे नेपालको इतिहासमा सबैभन्दा बढी योगदान गरेका दल मिलेर अहिले सरकार चलाइ रहेका छन्। र सरकार लभगभ दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस्।’

    images
    images
    images

    उनले अहिलको कांग्रेस एमालेको सरकार खरानीको डल्लो नभएको समेत जिकिर गरे। ‘यो खरानीको डल्लो होइन। यो सरकार कांग्रेस एमाले जस्ता ठूला दल मिलेर बनेको हो, ओलीले भने।

    प्रधानमन्त्री ओलीले संसदको आउँदो अधिवेशनबाट प्रहरी सम्बन्धी कानुन संशोधन गर्ने प्रतिबद्धता समेत  जनाए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।