राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशको राजधानि पोखराबाट करिब ५६ हजार यात्रु बाहिरिएका छन्। नेपालीहरुको महान पर्व बिजया दशमी पर्वको अवसरमा विभिन्न पेशा व्यवसाय तथा विभिन्न काम बिषेशले पोखरा आएकाहरु मध्य विहिबार बिहानसम्म करिब ५६ हजार ५ सय यात्रु पोखराबाट बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी निरिक्षक शोभा पाण्डेले बताए । '
पोखरामा विभिन्न नाकाहुदै लामो तथा छोटो दुरी यात्रा गर्ने उक्त सङख्याका यात्रु पोखराबाट आज विहानसम्म बाहिरिएको उनले जनाए । अघिल्ला बर्षको तुलनामा यस बर्ष भने दशैंको अवसरमा यात्रुहरुको चाप निकै कम भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।प्रा.लि.बाट यस बर्ष करिब ७ हजार जनाले अग्रिम टिकट बुकिङ भएको बताउदै अध्यक्ष केसीले १५ हजार जसो यात्रु विना टिकट विभिन्न सडक तथा चोकबाट बसमा यात्रा गरेको उल्लेख छ । '
घटस्थापनादेखि मंगलबारसम्म पोखराबाट कास्कीका छिमेकी सहित अन्य जिल्ला बाहिर २० हजार यात्रुहरु बाहिरिएका थिए । पर्यटनको राजधानि पोखरामा केही ट्राइजिट प्याइन्ट समेत भएकोले यहाँको तथ्याङक संकलनमा केही कठिन भएको पाण्डेले बताए । अघिल्ला बर्षको तुलनामा यस बर्ष दशैं पर्वको रौनक र बजारमा चहल पहल तथा यात्रुहरुको भिडभाट निकै कम भएको व्यातायात व्यवसायीहरुले गुनासो गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology