Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

पोखराको अमरसिंह माविको खेल मैदान अगाडिका व्यवसायिक सटर हटाइयो

पोखराको अमरसिंह माविको खेल मैदान अगाडिका व्यवसायिक सटर हटाइयो

images
  • पोखराको अमरसिंह माविको खेल मैदान अगाडिका व्यवसायिक सटर हटाइयो
    images
    images

    पोखरा । पोखरा महानगरका अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यवसायिक सटर हटाइएको छ ।

    images
    images
    images

    टिनका टहरा बनाएर सञ्चालन हुँदै आएका व्यवसायहरू पोखरा महानगरपालिकाको समन्वय र अमरसिंह माध्यमिक विद्यालयसँगको सहकार्यमा हटाइएको हो ।

    images
    images
    images

    महानगरपालिकाले जेठ ४ गतेसम्म सामान सुरक्षित रूपमा स्थानान्तरण गर्न समय दिएको थियो । सो समयसीमा सकिएपछि मंगलबार महानगरले जेसीभी प्रयोग गरी बाँकी संरचना हटाएको हो ।

    images
    images
    images

    त्यहाँ सञ्चालनमा रहेका ५१ वटा व्यवसायिक सटरहरू व्यवसायीहरूले नै महानगर र विद्यालयको अनुरोधमा खाली गर्न सहमति जनाएका थिए । मुख्य प्रवेश मार्गको रूपमा रहेको अमरसिंह क्षेत्रलाई शहरको सौन्दर्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । तर टिनका टहराका कारण उक्त क्षेत्र अव्यवस्थित देखिँदै आएको थियो ।

    टहरा हटाइएसँगै पोखराको शहरी सौन्दर्य सुधार अभियानलाई सहयोग पुगेको भन्दै नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूलाई धन्यवाद दिएका छन् । उनले लामो समयदेखि त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूको पुनर्स्थापनाका विषयमा विद्यालयसँग आवश्यक छलफल र समन्वय गरिने पनि बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।