Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

पोखरामा अव्यवस्थित सटर कवल हटाउन १५ दिनको अल्टिमेटम

पोखरामा अव्यवस्थित सटर कवल हटाउन १५ दिनको अल्टिमेटम

images
  • पोखरामा अव्यवस्थित सटर कवल हटाउन १५ दिनको अल्टिमेटम
    images
    images

    पोखरा । पोखरा बसपार्क क्षेत्रभित्रका जग्गाधनी प्रमाणपत्र भएका व्यक्तिहरूलाई आवश्यक कागजात पेश गर्न तथा सटर र कवल लगायतका संरचना हटाउन पोखरा उपत्यका नगर विकास समितिले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

    images
    images
    images

    समितिका अनुसार पोखरा बसपार्क क्षेत्रभित्र रहेको आफ्नै स्वामित्वको जग्गा दाबी गर्ने सम्पूर्ण जग्गाधनीहरूले आफ्नो प्रमाण खुल्ने कागजातहरू सात दिनभित्र कार्यालयमा बुझाउनुपर्नेछ ।

    images
    images
    images

    त्यसैगरी पोखरा बसपार्क क्षेत्र, पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रसम्म पसल, सटर तथा कवल निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ती सबै संरचना हटाउन आग्रह गरिएको छ।

    images
    images
    images

    समितिले तोकिएको समयभित्र संरचना नहटाइएमा पोखरा उपत्यका नगर विकास समितिले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने स्पष्ट पारेको छ ।

    समितिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति कर वा भूमिकर तिरेको रसिद र जग्गासँग सम्बन्धित अन्य प्रमाणित कागजातहरू सहित सम्पर्क गर्न आग्रह गरेको छ । 

    साथै समितिले बसपार्क निर्माण कार्यलाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।