Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

images
  • प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताका पीडालाई साझा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे ।

    images
    images
    images

    ‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ’, उनले भने, ‘कतिपय संरचनागत त्रुटिका कारण पनि क्षति भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’

    images
    images
    images

    प्रधानमन्त्री ओलीले सरकारको पूर्वतयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमजोरी भएको हुनसक्ने बताए । उनले आगामी दिनमा त्यस्ता कुरालाई सच्याउने प्रतिबद्धता पनि उनले जनाए ।

    राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गरेर पुनर्निर्माण र पुनर्स्थापनामा सरकार खटिने पनि उनले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।