Logo

२०८३, श्रावण २७गते


images
images

पहिरोले तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

पहिरोले तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

images
  • पहिरोले तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
    images
    images

    दमौली । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ । 

    images
    images
    images

    पहिरोले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । 

    images
    images
    images

    पृथ्वीराजमार्ग र भित्री सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।  

    images
    images
    images

    उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ । 

    उनका अनुसार सबै ठाउँमा पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । उनले भने, “पानी परिरहेकाले पहिरा पन्छाएर समस्या भएको छ ।” 

    व्यास नगरपालिका–३ मादी पुलनजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो । 

    कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।