काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा जानकारी गराएका हुन् ।
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसङ्घको बडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंग मान्दै आएको छ।
विश्वशान्तिको लागि नेपालले राष्ट्रसंघको छातामुनि रही महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology