काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा सचिव राईले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
भेटका क्रममा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । साथै, दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology